Logo

आईपीएलमा आज हैदरावाद र कोलकत्ता भिड्दै

ई-खेलकुद २०७७ असोज १० , शनिबार ०९:०९ मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको आठौ खेलमा आज सनराईजर्स हैदरावाद र कोलकत्ता नाईट राईडर्सबिच प्रतिस्पर्धा हुदैछ । युएईको आबुदाबीस्थित शेख जायेद अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राती पौने ८ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । पहिलो खेल गुमाएका दुबै टोली सिजनको पहिलो जितको खोजीमा एक अर्काबिरुद्ध मैदान उत्रनेछन् । पहिलो खेलमा कोलकत्ता मुम्बई ईण्डियन्ससंग तथा हैदरावाद रोयल च्यालेन्जसं बैङलोरसंग पराजित भएको थियो । कोलकत्ता दिनेश कार्तिक र हैदरावाद डेभिड वार्नरको कमानीमा मैदान उत्रनेछन् ।
यसअघि हिजो भएको खेलमा चेन्नई सुपरकिंग्सलाई हराउदै दिल्ली क्यापिटल्स तालिकाको शीर्ष स्थानमा पुगेको थियो ।

आईपीएल सनराईजर्स हैदरावाद
लोकप्रिय छुटाउनुभयो कि ?