Logo

आईपीएलमा आज दिल्ली र चेन्नई भिड्दै

ई-खेलकुद २०७७ असोज ९ , शुक्रबार ०८:०९ मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको सातौ खेलमा आज राती दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुदैछ । युएईको दुबईस्थित दुबई ईन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समयानुसार राती पौने ८ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । पहिलो खेलमा जित निकालेका दुबै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा किङग्स एलाभेन पञ्जावलाई सुपर ओभरमा पराजित गरेको दिल्ली चेन्नईबिरुद्ध सुधारिएको खेलसंगै लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
साविक विजेता मुम्बई ईण्डियन्सलाई ५ विकेटले हराएको चेन्नई पनि दिल्लीबिरुद्ध सहज जितको लक्ष्यमा छ । दिल्ली श्रेयस ऐर र चेन्नई महेन्द्रसिंह धोनीको कमानीमा रहेका टोली हुन् । दिल्लीले आजको खेलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई मैदान उतार्ने संभावना छ । पहिलो खेलमा क्वारेन्टीन सकेर एक दिनमात्र अभ्यासमा सहभागी भएका सन्दिपलाई आज भने प्लेईङ सेटमा राख्ने संभावना छ ।
यसअघि गएराती भएको खेलमा किङग्स एलाभेन पञ्जावले रोयल च्यालेन्जर्स बैङलोरलाई ९७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

आईपीएल
लोकप्रिय छुटाउनुभयो कि ?