Logo

मेस्सीलाई फकाउदै बार्सा, उनकै चाहाना अनुसारको टोली बनाईने

ई-खेलकुद २०७७ भदौ ११ , बिहीबार ०७:०८ मा प्रकाशित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले क्लब छाड्ने तयारीमा रहेका कप्तान लियोनल मेस्सीलाई क्लबमै रहने गरी वातावरण निर्माणको काम सुरु गरेको छ । केहि दिन अघि यसै समरमा क्लब छाड्ने भन्दै औपचारिक पत्र नै बुझाएपछि बार्सिलोनाले मेस्सीलाई फकाउन सबै विकल्प प्रयोग गर्ने जनाएको थियो । बार्साका खेलकुद निर्देशक रामोन प्लानेसले मेस्सीलाई मनाउने प्रयास भईरहेको बताउदै मेसीकै केन्द्रमा रहेर बार्साको नयाँ टोली निर्माण हुने बताए ।
उनले भने– जे भयो हामी त्यसलाई बिर्सन चाहान्छौ । हामी मेस्सीलाई केन्द्रमा राखेर विश्वका महत्वपुर्ण खेलाडीसहितको टोली निर्माणको अभियानमा छौ ।
उनले उत्कृष्ट खेलाडीसहितको टोली बनाएर फेरी ईतिहास निर्माणको दिशामा अघि बढ्ने दाबी गरे ।
उनले भने–बार्सिलोना र लियोनल मेस्सी एकअर्काका जोडी हुन् । दुबैले एकअर्कालाई धेरै दिएका छन् । हामी समर्थकलाई निराश बनाउन चाहान्नौ । विश्वास छ, भविश्य सकारात्मक रुपमा अघि बढ्नेछ ।
क्लबमा देखिएको समस्या समाधान भएर सबल बार्सा निर्माण हुने दाबी गर्दै निर्देशक प्लानेसले क्लबलाई ठुलो योगदान गरेका मेस्सीको सुखद बिदाई आफुहरुको चाहाना भएको समेत स्पष्ट पारे ।

बार्सिलोना मेस्सी
लोकप्रिय छुटाउनुभयो कि ?