Logo

गुगल सर्चमा मेस्सीले कोरोनालाई पछि पारे

ई-खेलकुद २०७७ भदौ १२ , शुक्रबार ०२:०८ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘गुगल सर्च इन्जिन’मा कोरोनालाई पछि पारेका छन् । गुगलको सर्बाधिक खोजी सुचीमा मेस्सीले विश्वब्यापि माहामारीको रुपमा रहेको कोरोनालाई समेत पछि पारेका हुन् । पछिल्लो समय स्पेनी क्लब बार्सिलोना छाड्ने चर्चासंगै गुगल सर्च ईन्जीनमा मेसीलाई खोज्नेको संख्या आकासिएको हो । ३३ वर्षीय मेस्सीले मंगलबार साँझ क्लबलाई फ्याक्स पठाउँदै क्लब छोड्ने वातावरण मिलाइदिन अनुरोध गरेका थिए ।
छ पटकका बालोन डी‘ओर विजेता मेस्सीलाई खोज्नेको संख्या कोरोना भाइरसको अपडेट हेर्नेको भन्दा २ प्रतिशतले बढि रहेको छ । गुगलमा प्रयोगकर्ताले कोरोना भाइरसलाई ८७ प्रतिशतले खोजेका छन् भने मेस्सीलाई ८९ प्रतिशतले सर्च गरेका छन् । स्पेनमा पछिल्ला ७ दिनमा मेस्सीको लोकप्रियता ८२ प्रतिशतले बढेको एक अध्ययनले जनाएको छ ।

कोरोना मेस्सी
लोकप्रिय छुटाउनुभयो कि ?