Logo

भलिबलको प्रशिक्षण तत्काल सुरु नहुने

ई-खेलकुद २०७७ साउन १५ , बिहीबार ०८:०७ मा प्रकाशित

काठमाण्डौ । सरकारले भदौ १ गतेबाट सामुहिक खेलका खेलाडीको प्रशिक्षण सुरु गर्न अनुमती दिएपनि भलिबलको प्रशिक्षण तत्काल नहुने भएको छ । नेपाल भलिबल संघले तत्काल अन्तराष्ट्रिय प्रतियोगीता समेत नरहेकाले जोखिमका बिच प्रशिक्षण गर्ने योजना नबनाएको स्पष्ट पारेको हो । संघका महासचिव जितेन्द्र बहादुर चन्दले भन्नुभयो– भलिबलका महिला र पुरुष दुबै टोलीको अन्तराष्ट्रिय प्रतियोगीता फ्रेबु्रअरी सम्म नरहेकाले प्रशिक्षण सुरु गर्ने पक्षमा हामी छैनौ । एभिसीले अन्तराष्ट्रिय प्रतियोगीता घोषणा गरेपछि हामी प्रशिक्षणको तयारीमा जुट्छौ ।
यद्यपी राष्ट्रिय टोलीका अधिकांश खेलाडी विभागीय टोलीका रहेकाले खेलाडीहरु व्यक्तिगत रुपमा प्रशिक्षणकै चरणमा रहेको चन्दले बताउनुभयो । उहाँका अनुसार संघले तत्काल घरेलु प्रतियोगीताको समेत योजना बनाएको छैन् ।
अन्तराष्ट्रिय र घरेलु प्रतियोगीता नहुने भएकाले प्रशिक्षणका लागि हतारो नगर्ने उहाँले स्पष्ट पार्नुभयो । फुटबल र क्रिकेट संघहरु खेलाडीको प्रशिक्षणको तयारीमा जुटिरहदा राष्ट्रिय खेल भलिबलको प्रशिक्षण भने तत्काल नहुने भएको हो ।

प्रशिक्षण भलिबल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?