Logo

कोरोना सक्रमणका कारण भलिबल नेशन्स लिग रद्द

ई-खेलकुद २०७७ वैशाख २९ , सोमबार ०९:०५ मा प्रकाशित

एजेन्सी । कोरोना माहामारीका कारण भलिबलको ठुलो प्रतियोगीता भलिबल नेशन्स लिग रद्द भएको छ । आगामी मे १९ म ागर्ने भनिएको महिला भलिबल लिग र मे २२ बाट सुरु गर्ने भनिएको पुरुष भलिबल लिग अन्तिम समयमा रद्द गरिएको हो ।
विश्व भलिबल संघ (एफआईभीबी), भलिबल नेशन्स लिग परिषद र आयोजकको संयुक्त सहमतिमा यस वर्षको प्रतियोगीता रद्द गरिएको हो । एफआईभीबीले एक बिज्ञप्ती जारी गर्दै कोरोना माहामारीका कारण महिला र पुरुषका दुबै लिग रद्द भएको जनाएको हो । सहभागी राष्ट्रहरूका खेलाडीहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै स्वास्थ्य सुरक्षाका लागि गर्न नसकिने विज्ञप्तिमा भनिएको छ ।
आगामी वर्ष आयोजना हुने भलिबल नेशन्स लिग २०२१ को फाइनल खेलहरू इटाली र चीनमा सम्पन्न गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एफआईभीबीका अध्यक्ष आर्य एस. गार्काले खेलाडी र पदाधिकारीको स्वास्थ्य सुरक्षाको पूर्ण प्रत्याभूति गर्न नसकि प्रतियोगिता गर्नु गैरजिम्मेवारपूर्ण हुने भन्दै प्रतियोगीता रद्द गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । भलिबल नेशन्स लिगमा विश्वका १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने तयारी थियो ।

कोरोना सक्रमण नेशन्स लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?