Logo

एनभीए राष्ट्रिय भलिबल प्रतियोगीता स्थगीत

ई-खेलकुद २०७७ वैशाख ६ , शनिबार ११:०४ मा प्रकाशित

काठमाण्डौ । बैसाख २५ गतेबाट हुने भनिएको पाँचौ संस्करणको एनभीए राष्ट्रिय महिला पुरुष भलिबल क्लब च्याम्पियनसीप स्थगीत भएको छ । कोरोना सक्रमणसंगै लकडाउन बढ्दै जाँदा प्रतियोगीता अनिश्चितकाल सम्मका लागि स्थगीत गरिएको हो । नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगीता जेठ १ गतेसम्म चल्ने तालिका थियो ।
नेपाल भलिबल संघले तत्कालिन अवस्थामा प्रतियोगीता गर्न संभव नहुने जनाउदै प्रतियोगीता स्थगीत गर्नुको विकल्प नभएको जनाएको हो । संघका सचिव मानवीर छन्त्यालले सरकार र राखेपले पनि तत्काल प्रतियोगीता नर्गन गरेको अनुरोध अनुसार प्रतियोगीता स्थगीत गरिएको बताउनुभयो ।
अवस्था सामान्य भएपछि आन्तरिक छलफल गरी प्रतियोगीताको नयाँ मिती तय गरिने उहाँको भनाई छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?