Logo

टमाटा भन्छन– ईष्टर्न रिजनको ट्रफि ल्याउछौ, ओपनरमा नयाँ प्रयोग हुन्छ !

ई-खेलकुद २०७६ फागुन १४ , बुधबार ०२:०२ मा प्रकाशित

काठमाण्डौ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले थाईल्याण्डमा शनिवारबाट सुरु हुने एसीसी ईष्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगीताको उपाधि जितेर स्वदेश फर्कने बताएका छन् । प्रतियोगीता खेल्ने सबै टोली बलियो भएपनि उत्कृष्ट खेल खेलेर नेपालले उपाधि हात पार्ने टमाटाको दाबी छ । ईखेलकुदसंग कुराकानी गर्दै प्रशिक्षक टमाटाले खेलाडीहरुको मेहनत र आत्मबिश्वासले आफ्नो दाबीलाई सार्थक पार्ने बताए । टमाटाले भने– खेलाडी लगातार खेलिरहेका छन् । तयारी पनि राम्रो भएको छ । सकारात्मक क्रिकेट खेलेर उपाधि हात पार्न चाहान्छौ ।
टि–२० क्रिकेटमा एक बल र एक खेलाडीको प्रर्दशनले पनि ठुलो प्रभाव पार्ने भन्दै प्रशिक्षक टमाटाले मनोबैज्ञानिक रुपमा पनि सबै खेलाडी तयार रहेको उल्लेख गरे । व्याटिङको खस्कदो अवस्थाले केहि समस्या थपिएपनि यसपटक त्यसलाई सुधार गरेर अघि बढ्ने उनको विश्वास छ ।
ब्याटिङ अर्डरमा केहि परिवर्तन हुने संकेत गर्दै टमाटाले थपे–थाईल्याण्डमा केहि नौलो प्रयोग हुन्छ । व्याटिङ अर्डरमा यसपटक केहि परिवर्तन गरेको छु ।
खेलाडीले आफ्नो भुमिका मात्र बुझ्न सके, नतिजा आफ्नो पक्षमा आउने उनको भनाई छ । थाईल्याण्डको विकेट नेपालको भन्दा केहि स्लो रहने भएकाले त्यहा“ पुगेरमात्र बलिङको लागि रणनिति तयार पार्ने टमाटाले बताए ।
अन्तिम चरणको छनोटमा स्थान बनाउनु मात्र होईन, एसीया कप खेल्ने लक्ष्यका साथ नेपालले तयारी गरेको उनी बताउछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?