Logo

पारसको निर्णय हतारोमा भएको सरोकारवालाको टिप्पणी

ई-खेलकुद २०७६ असोज २८ , मंगलबार ०३:१० मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पदबाट राजिनामा दिएको बिषयलाई सरोकारवालाहरुले हतारो निर्णयको सज्ञा दिएका छन् ।

खड्काले आज अप्रत्यासी रुपमा राजिनामा घोषणा गरेपछि ईखेलकुदसंग कुराकानी गर्दै सरकोकारवालाले पारसको निर्णय अनेपेक्षित भएको प्रतिक्रिया दिए ।
नेपाली क्रिकेटलाई केहि गती दिन पारसको आवश्यकत्ता अझै केहि बर्ष रहेपनि त्यसअगावै उनीबाट भएको निर्णयले दुखी बनाएको उनीहरुको भनाई छ ।
राष्ट्रिय क्रिकेट टोलीका पुर्वसदस्य शक्ति गौचनले पारसको निर्णयले आफुलाई अचम्मित बनाएको बताए ।

उनले भने–उनीबाट यो अपेक्षा थिएन । एक्कासी किन उनले निर्णय लिए, दुखी बनाएको छ ।
राष्ट्रिय टोलीका पुर्ब प्रशिक्षक जगत टमाटाले पारसको निर्णय निक्कै छिटो भएकाले त्यसलाई सच्चाउन आवश्यक रहेको बताउनुभयो ।

उहा“ले भन्नुभयो– क्रिकेट संघसंग छलफल गरी यो निर्णय उनले फिर्ता लिनुपर्छ । नेपाली क्रिकेटको सबैभन्दा सबल पक्ष नेतृत्वपनि भएको भन्दै टमाटाले त्यसलाई अहिले नै गुमाउने समय नआएको उल्लेख गर्नुभयो ।
पुर्व कप्तान पवन अग्रवालले पारसको निर्णय अलि छिटो भएको प्रतिक्रिया दिनुभयो । नेपाली क्रिकेटलाई अब केहि बर्ष उनको आवश्यक्ता रहेको र विश्वासयोग्य उमेद्वार बनाएर मात्र उनले हस्तान्तरण गर्नुपर्नेमा त्यसो हुन नसकेको अग्रवालको भनाई थियो ।
टोलीका लेग स्पिनर सन्दिप लामिछानेले पनि पारसको नेतृत्वमा सकेसम्म अझै केहि बर्ष नेपालको प्रतिनिधित्व गर्न पाईयोस भन्ने आशा गरेको उल्लेख गरेका छन् । सन्दिपले भनेका छन्–तपाईंले विगतका वर्षहरूमा मलाई र धेरै युवाहरूलाई प्रेरित गर्नुभयो र हामीलाई यो सुन्दर खेललाई प्रेम गर्न सबै कारणहरू दिनुभयो ।

तपाईको भविष्यका प्रयासका लागि हार्दिक शुभकामना र हामी तपाईलाई सकेसम्म धेरै बर्ष नेपालको प्रतिनिधित्व गरेको देख्न चाहन्छौं । तपाईं सँँच्चिकै एक लिजेन्ड हुनुहुन्छ जसले हाम्रो सबै हृदयमा ठूलो छाप पारेको छ ।

नेपाली राष्ट्रिय टोली पारस खड्का

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?