Logo

आज नेपालको दिन : खेलेका तीनै अन्तराष्ट्रिय खेलमा विजयी

ई-खेलकुद २०७६ भदौ २४ , मंगलबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । आम नेपाली खेलप्रेमीले आज निक्कै हर्षको अनुभुत गरेका छन् । एकै दिन तीन फरक अन्तराष्ट्रिय खेलमा युवा क्रिकेट टोली, महिला फुटबल टोली र राष्ट्रिय फुटबल टोलीले दर्शकलाई हर्षित बनाए ।


दिउँसो किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलमा ताजिकिस्तानलाई हराउदै फाइनलमा पुगेको समाचार लगत्तै श्रीलंकामा युवा टोलीले अर्को खुसी दियो । युथ एसियाकप क्रिकेटमा युएईलाई १ सय ६० रनको फराकिलो अन्तरले हराउदै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।


आजै साँझ विश्वकप छनोटको दोस्रो खेलमा चाईनिज ताईपेईलाई २–० ले हराउदै फुटबल प्रेमीलाई निक्कै ठुलो खुसी दिएको छ । फिफा वरियतामा आफुभन्दा निक्कै माथी रहेको टोली ताईपेईलाई हराएर नेपालले तालिकामा अंक मात्र जोडेन् घरेलु मैदानमा हुने खेलका लागि पनि बलियो चुनौती पेश गरेको छ ।


विश्वकप छनोटमा समुह बीमा रहेको नेपाल वरियतामा सबैभन्दा पुछारमा रहेपनि अव खेलबाट जितको खाता खोल्नु निक्कै सकारात्मक पक्ष रहेको छ ।
महिला फुटबल टोलीले भने नाडेज्डा कपको उपाधिका लागि पसी बिहिवार उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । युथ एसियाकप क्रिकेटमा सुरुवाती २ खेल हारेको नेपालले अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिता टुंग्याएको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?