
काठमाडौं । ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपालले पहिलो हार भोगेको छ । आज भएको खेलमा नेपाल आयरल्याण्डसंग १३ रनले पराजित भएको हो । उत्कृष्ट सुरुवात गरेको नेपाल मध्य क्रममा सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो ।
आरिफ शेखले २६ रन बनाएको ईनिङ्समा कप्तान पारस खड्काले २५ र ईशान पाण्डेले २२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले १९ रन जोडे । आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक ३ विकेट लिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । आयरल्याण्डका पाउल स्टर्लिङले सर्वाधिक ५९ रनको योगदान गरे । एन्ड्री बलबीनीले ३८ रन बनाए ।