Logo

ई-खेलकुद २०७६ असोज १९ , आईतबार ०९:१० मा प्रकाशित

एजेन्सी । रियाल मड्रिड स्प्यानीश ला लीगाको शीर्ष स्थानमा जमेर बसेको छ । दोस्रो स्थानमा ग्रानाडामाथि गएराति ४–२ को जित निकाल्दै रियालले अंक दुरी ४ ले लम्ब्याएको छ । खेलको दोस्रो मिनेटमा नै करिम बेन्जिमाले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर इडिन हजार्डले गोल थपे । ६१ औं मिनेटमा लुका मोर्डिचले गोल गरेपछि रियाल ३–० ले अघि बढ्यो । तर, ६९ औं मिनेटमा डार्विन मेकिसले पेनाल्टीमा गोल गर्दै ग्रानाडलाई खेलमा फर्काउन प्रयास गरे । ७७ औं मिनेटमा डोमिंगोस डुवार्तेले गोल थपेपछि ग्रानाडाले अन्तर ३–२ मा झा¥यो ।

तर, ९० औं मिनेटमा हामेश रोड्रिग्वेजले गोल थपेपछि रियालले शानदार जित दर्ता ग¥यो । गएराति नै भएको अर्को खेलमा ओसासुनाले भिया रियाललाई २–१ ले, लेभान्तेले लेगानेसलाई २–१ ले र भ्यालेन्सियाले डिपोर्टिभो एलाभेसलाई २–१ ले हरायो । रियाल बेटिस र आइबरबीचको खेल १–१ को बराबरीमा सकियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?