Logo

२०२१ को ट्वान्टी २० विश्वकप भारतमा

ई-खेलकुद २०७७ साउन २४ , शनिबार ०९:०८ मा प्रकाशित

एजेन्सी । आगामी बर्षको ट्वान्टी २० विश्वकप क्रिकेट भारतमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२१ को विश्वकप भारतमा आयोजना गर्ने निर्णय गरेको हो । अष्ट्रेलियामा हुने यो वर्षको प्रतियोगीता कोरोना माहामारीका कारण स्थगीत भएको थियो । आईसीसीले आगामी संस्करण भारतमा गरेर त्यसको १ बर्ष पछि सन् २०२२ मा हुने प्रतियोगीता अष्ट्रेलियामा गर्ने निर्णय लिएको हो ।
यस्तै आईसीसीले महिलाको वान डे विश्वकप पनि पछाडि सारेको छ । महिला वन डे क्रिकेट अब सन् २०२२ को फेब्रुअरी, मार्चमा हुनेछ । यो प्रतियोगिता न्युजिल्यान्डमा हुने कार्यक्रम थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?