Logo

१ सय ७६ रन बनाए नेपालले अर्को इतिहास बनाउने

ई-खेलकुद २०७८ फागुन १० , मंगलबार ०५:०२ मा प्रकाशित

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा यूएईले नेपालसामु १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । अष्ट्रेलियामा यसै बर्ष हुने विश्वकपमा स्थान सुरक्षित गर्न नेपालले सो लक्ष्य पुरा गर्नुपर्नेछ । यूएईलाई हराउन सके नेपाल दोस्रो पटक टी–ट्वान्टी विश्वकपका प्रबेश गर्नेछ । यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप क्रिकेट खेलेको थियो । बलियो टोली यूएईले दिएको लक्ष्य पुरा गर्न नेपाललाई सहज भने छैन । नेपालले प्रतिओभर ८ दशमलव ७५ को रन प्रहार गर्नुपर्नेछ ।
समूहचरणमा शतप्रतिशत नतिजा निकालेको नेपाल उच्च मनोबलमा रहेको तथा ब्याटिङमा पनि पछिल्ला दिनमा केहि सुधार देखिएकाले ठुलो लक्ष्य भेट्दै अर्को इतिहास बनाउने अवसर पनि रहेको छ । कठिन परिस्थितीमा पनि नेपालले यसअघि पनि उपलब्धी हासिल गरेको विगतले पनि आम नेपाली क्रिकेट समर्थकलाई हौस्याएको छ ।
मस्कटस्थित अलअमेरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनको मध्यम योगफल तयार पारेको हो । यूएईका लागि महम्मद वासिमले सर्बाधिक ७० रन बनाए । भिरित्य अरबिन्दले ४६, महम्मद उस्मानले १७ र जावर फ्रेइडले ११ रन जोडे । अन्यले दोहोरो अंकको स्केर छुन सकेनन् । नेपालका जितेन्द्र मुखिया र अबिनाश बोहोराले समान ३ तथा सन्दिप लामिछानेले एक विकेट लिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?