Logo

१ सय १७ रनको योगफल रक्षा गर्दै ओमानविरुद्व नेपालको शानदार जित

ई-खेलकुद २०७८ फागुन ६ , शुक्रबार ०३:०२ मा प्रकाशित

काठमाडौं । नेपालले ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा विजयी सुरुवात गरेको छ । प्रतियोगीताको उद्घाटन खेलमा आयोजक ओमानलाई ३९ रनले हराउँदै नेपालले प्रतियोगीतामा सुखद सुरुवात गरेको हो । यो जितसँगै नेपालको सेमिफाइनल प्रबेशको संभावना बलियो बनेको छ । मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको १ सय १८ रनको सामान्य चुनौती पछ्याउने क्रममा ओमानको टोली १७ ओभरमा मात्र ७८ रनमा समेटियो । ओमानका लागि नसिम खुसीले सर्बाधिक २४ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । अमिर कलिम रजातिन्दर सिंहले समान ९ रन बनाएको ओमानको ईनिङसमा खबर अलीले ७, फयाज बटले ६, कलिमुल्लाहले ५ रन बनाए ।
नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले समान एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ८ विकेट गुमाएर १ सय १७ रनको सामान्य योगफल तयार पारेको थियो । नेपालको जितमा आरिफ शेखले सर्वाधिक ३८ रनको योगदान गरे । सन्दीप लामिछाने १६ रनमा अविजित रहे । लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । ओमानका खवार अलीले ३ तथा विलाल खानले दुई विकेट हात पारे । फयाज बट, जिसन मक्सुदको नाममा समान एक विकेट रह्यो ।
नेपालले आफ्नो दोस्रो खेल भोली फिलिपिन्ससँग खेल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?