Logo

१४ औ साग आयोजनाको जिम्मेबारी पाकिस्तानलाई

ई-खेलकुद २०७६ मंसीर २३ , सोमबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । आसन्न १४ औ दक्षिण एसियाली खेलकुद साग पाकिस्तानमा हुने भएको छ । साग ओलम्पिक काउन्सीलको आज बसेको बैठकले १४ औं संस्करण आयोजनाको जिम्मेबारी पाकिस्तानलाई दिएको हो । बणानुक्रम अनुसार साग र सार्कका हरेक प्रतियोगिता र बैठक नेपालपछि पाकिस्तानमा हुदै आएको छ । सोहि अनुरुप १४ औ सागको जिम्मेबारी पाकिस्तानले पाएको हो । ललितपुरको सातदोबाटोस्थित ओलम्पिक कमिटिको भवनमा बसेको बैठकमा पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष पनि उपस्थित थिए ।
पाकिस्तानले १४ औ साग आयोजनाका लागि तयार रहेको पत्र साग काउन्सीलमा बुझाएसंगै आयोजनाको झण्डा बोक्ने निश्चित भएको हो । अब पाकिस्तान ओलम्पिक कमिटिले ६ महिनाभित्र सरकारको सहमती ल्याउनु पर्नेछ । सोहि समयाबधीमा उसले ओलम्पिक काउन्सीलको बैठक पनि बोलाउनु पर्नेछ ।
१८ औ शिखर सम्मेलनपछि नेपालबाट सम्मेलन आयोजनाको जिम्मेबारी लिएको पाकिस्तानले लामो समय बितिसकेपनि सार्कको १९ औ शिखर सम्मेलन भने आयोजना गर्न सकेको छैन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?