Logo

होबर्टको दोस्रो हार, सन्दिपले बनाए अविजित १३ रन !

ई-खेलकुद २०७८ मंसीर २८ , मंगलबार ०५:१२ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियन बिग बास लिग क्रिकेटमा नेपाली लिग स्पिनर सन्दिप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले दोस्रो हार भोगेको छ । आज भएको खेलमा पर्थ स्कोचर्सले होबर्टलाई ५३ रनले हराएको हो । जितका लागि १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा होबर्टले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो । बेन म्याकडेरमोटले सर्बाधिक ४१ रन बनाएको होबर्टको इनिङसमा मार्ट सोर्टले ३१ र टिम डेभिडले १७ रन बनाए । सन्दिप १३ रनमा अबिजित रहे । मात्र ९ बल खेलेका सन्दिपले एक छक्का प्रहार गरेका थिए ।
यसअघि पहिले व्याटिङ गरेको पर्थले ५ विकेट गुमाएर १ सय ८२ रनको उच्च योगफल तयार पारेको थियो । मिचेल मार्सले अबिजित सय रन बनाएको उसको ईनिङसमा लौरी इभान्सले ४० रन बनाए । सन्दिपले पर्थको एक विकेट लिए । तीन खेलबाट ६ प्वाइन्ट सहित होबर्ट तालिकाको पाँचौ स्थानमा छ । पर्थको भने यो लगातार तेस्रो जित हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?