Logo

होबर्टको जर्सीमा सन्दिपको पहिलो विकेट

ई-खेलकुद २०७७ पुस १८ , शनिबार ०२:०१ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियन बिग वास लिग क्रिकेटमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेले होबर्ट हुरिकेन्सको डेब्यु खेलमै विकेट हात पारेका छन् । सन्दिपले उनकै पुर्ब क्लबबिरुद्धको खेलमा सिजनको पहिलो विकेट हात पारेका हुन् ।
१ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा दोस्रो ईनिङसमा जवाफि ब्याटिङमा उत्रिएको मेलवर्नका हिल्टन कार्टराईटको विकेट हात पारेका हुन् । ब्यक्तिगत ८ रनको स्कारमा सन्दिपले उनलाई क्लिन बोल्ड गर्दै पहिलो खेलमै विकेट हात पारेका हुन् ।
खेलमा होबर्ट पाँचौ र मेलबर्न तेस्रो जितको खोजीमा रहेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?