Logo

हुएस्कालाई हराउदै रियल तालिकाको दोस्रो स्थानमा

ई-खेलकुद २०७७ माघ २५ , आईतबार ०६:०२ मा प्रकाशित

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । २१ औ चरणको खेलमा गएराती हुएस्कालाई २–१ गोल अन्तरले हराउदै रियलले शीर्ष टोली एट्लेटिको मड्रिडसंगको दुरी ७ अंकले छोट्याएको छ ।
घरेलु मैदानमा हुएस्काले रियलबिरुद्ध अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४८ औ मिनेटमा ग्लान गीलले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ५४ औ मिनेटमा राफायल भरानेले गोल गर्दै रियललाई बराबरीमा पुर्याएका थिए । उनैलै ८४ औ मिनेटमा गोल गर्दै टोलीलाई महत्वपुर्ण जित दिलाए ।
२१ खेलबाट रियल ४३ अंकमा तालिकाको दोस्रो स्थानमा पुगेको हो । गएराती नै सेभियाले गेटाफेलाई ३–० गोल अन्तरले पराजित गर्यो । यो जितले सेभियालाई तालिकाको तेस्रो स्थानमा पुर्याएको छ । २१ खेलबाट उसको ४२ अंक भएको छ ।
अन्य २ खेल भने बराबरीमा सकिएका छन् । लेभान्ते र ग्रानाडा तथा ईल्चे र भियारियलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?