Logo

हिमालयन शेर्पासँग आर्मीको बराबरी

ई-खेलकुद २०७८ फागुन ४ , बुधबार ०३:०२ मा प्रकाशित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी सहिद स्मारक ए डिभिजन लिगको ११ औं चरणमा बराबरीमा रोकिएको छ । आज भएको खेलमा आर्मीले हिमालयन शेर्पासँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी अंक बाँड्न बाध्य भयो । २६ औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा मुताम्बा पिस्टोनले गोल गर्दै हिमालयनलाई शेर्पालाइृ बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक खेलको बाँकी समयमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो ।

खेलको इन्जुरी समयमा गोलकिपर विकेश कुथुले रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो । यो नतिजापछि आर्मी ११ खेलबाट १९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा कायम छ । समान खेलबाट शेर्पाको १३ अंक भएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?