Logo

हङकङसँग पराजित भएको नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा

ई-खेलकुद २०७९ असार ७ , मंगलबार ०४:०६ मा प्रकाशित

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ। मलेसियामा आज भएको खेलमा हङकङले नेपाललाई ७ विकेटले पराजित गरेको हो । यो जितसँगै हङकङ एक खेल अगावै समूह बीको विजेताका रुपमा अन्तिम चारमा स्थानमा प्रवेश गरेको हो । हङकङले अन्तिम खेल भोली कुवेतसँग खेल्नेछ । नेपालले ४ खेलबाट ६ अंकसहित समूह बीको उपविजेता बनेको हो । नेपालले सेमिफाइनमा समूह ए को विजेतासँग खेल्नेछ ।
नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हङकङको जितमा मारिको हिलले ४५ र नताषा मिल्सले अविजित २८ रन बनाईन् । कप्तान कारी चानले १७ रन बनाईन् । नेपालकी संगीता राईले २ तथा सीता मगरले १ विकेट लिईन् ।
त्यसअघि मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३२ रन बनाईन् । अप्सरी बेगम २२ रनमा अबिजित रहँदा बिन्दु रावलले २३ रन जोडिन् । हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले समान १ विकेट लिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?