Logo

स्वारेजको गोलमा एट्लेटिकोको सहज जित

ई-खेलकुद २०७७ कात्तिक ९ , आईतबार ०८:१० मा प्रकाशित

एजेन्सी । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराती रियल बेटिसलाई २–० ले हराउदै एट्लेटिकोले समान अंक भएका रियल सोसिडाड र भियारियललाई पछि पारेको हो ।

उसलाई सहज जित दिलाउन मार्कोस लोरेत र लुईस स्वारेजले गोल गरे । ४६ औ मिनेटमा लोरेतको गोलमा अग्रता बनाएको एटलेटिकोका लागि स्वारेजले ईन्जयुरी समयमा अर्को गोल गर्दै सहज जित दिलाए ।

७४ औ मिनेटमा मोन्टोया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय रियल बेटिस १० खेलाडीमा सिमित बन्यो । ५ खेलबाट एट्लेटिको मड्रिडको ११ अंक भएको छ ।
गएराती नै ओसासुनाले एथ्लेटिको बिल्वाओलाई तथा आईबरले सेभियालाई समान १–० ले हराए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?