Logo

स्पेन युरोकप फुटबलको सेमिफाईनलमा

ई-खेलकुद २०७८ असार १९ , शनिबार ०८:०७ मा प्रकाशित

एजेन्सी । स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै स्पेनले सेमिफाइल यात्रा तय गरेको हो ।
निर्धारित समय र अतिरिक्त समय १–१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । स्पेनका जेरार्ड मोरेनो, मिकेल ओयार्जल र डानिल ओल्मोले पेनाल्टीमा गोल गरे । सर्जियो बुस्केट्सको प्रहार बारमा लागेर फर्किएको थियो । रोड्रीको प्रहार स्विट्जरल्यान्ड गोलकिपर यान सोमेरले रोकेका थिए ।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरे । अकान्जी म्यानुएल र फाबियनको प्रहार स्पेनका गोलरक्षक सिमोनले रोके । रुबेनको प्रहार पोष्टमाथिबाट गएको थियो । सेन्ट पिटर्सवर्ग स्टेडियममा निर्धारित ९० मिनेटमा र थप गरिएको समय १–१ गोलको बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा स्पेन बिजयी भएको हो । पहिलो हाफ स्पेनले १–० गोलको अग्रता बनाएको थियो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गर्दा स्पेनले खेलको आठौं मिनेटमा अग्रता बनाएको थियो । खेलको ६८ औं मिनेटमा जोर्डन शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरीमा पर्काए । खेलको ७७ औं मिनेटमा रेमो फ्युलेर रातोकार्ड खादै मैदानबाट बाहिरिएपछि स्वीट्जरल्याण्ड दश खेलाडीमा सिमित भएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?