Logo

सोसिडाडलाई फराकिलो अन्तरले हराउदै बार्सा दोस्रो स्थानमा

ई-खेलकुद २०७७ चैत्र ९ , सोमबार ०६:०३ मा प्रकाशित

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । २८ औ चरणको खेलमा गएराती रियल सोसिडाडलाई ६–१ गोल अन्तरले हराउदै बार्साले रियल मड्रिडलाई २ अंकले पछि पारेको हो । सोसिडाडको मैदानमा बार्सालाई फराकिलो जित दिलाउन लियोनल मेस्सी र सर्जिनो डेस्टले समान २ तथा एन्टोनियो ग्रीजमन र ओस्माने डेम्बेलेले समान एक गोल गरे । पहिलो हाफमा २–० को अग्रता बनाएको बार्साले दोस्रो हाफमा ४ गोल थप्दै १ गोल खाएको थियो ।
यो जितसंगै २८ खेलबाट ६२ अंक जोडेको बार्साले समान खेल खेलेको रियल मड्रिडलाई २ अंकले पछि पारेको छ । शीर्ष टोली एट्लेटिको मड्रिडको ६६ अंक छ । एट्लेटिकोले गएराती डिर्पोर्टिभो अलाभेषबिरुद्ध १–० को संर्घषपुर्ण जित निकाल्यो । पहिलो हाफ गोलरहित बराबरीमा सएिको खेलमा लुईस स्वारेजले ५४ औ मिनेटमा गरेको एक मात्र गोल उसको जितमा निर्णायक बनेको थियो । यो जितले उसको उपाधि यात्रा बलियो बन्दै गएको छ ।
गएरातीका अन्य खेलहरुमा भ्यालेन्सीयाले ग्रनाडालाई तथा भियारियलले काडिजलाई समान २–१ गोल अन्तरले पराजित गरे । गेटाफे र ईल्चेले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?