Logo

सुन्दरहरैचामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल हुने

ई-खेलकुद २०७८ वैशाख ४ , शनिबार ०९:०४ मा प्रकाशित

विवेक मिश्र/मोरङ । मोरङको सुन्दरहरैचामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोरङका ९ वटा नगरपालिकाहरुको सहभागिता रहने छ ।

बैशाख ६ गते देखि शुरु हुने प्रतियोगितामा बेलबारी,लेटाङ,पथरीशनिश्चरे, सुनवर्षी,उर्लाबारी, रतुवामाई, रंगेली , विराटनगर उपमहानगरपालिका र आयोजक सुन्दरहरैंचा नगरपालिका बीच प्रतिश्पर्धा हुने नगरपालिका द्वारा आयोजित पत्रकार सम्मेलनमा बताईएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले एक लाख पचास हजार रुपैया नगद, मेडल र ट्रफि पाउनेछन् । फुटबल खेलको विकास र स्थानीय खेलाडीको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बताए ।

सुन्दरहरैंचा १२ स्थित शुक्रवारे खेलमैदानमा हुने खेलमा वडा नं १२ सह आयोजक र शुक्रवारे युवा क्लवको व्यवस्थापनमा कार्यक्रम हुने भएको छ । गतसाल नै संचालन हुन लागेको प्रतियोगिता कोरोना महामारीको कारण रोकिएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?