Logo

सुदुरपश्चिमबिरुद्ध पुलिसको शानदार जित

ई-खेलकुद २०७७ माघ ७ , बुधबार ०१:०१ मा प्रकाशित

काठमाण्डौ । साविक विजेता नेपाल पुलिसले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगीतामा पहिलो जित हात पारेको छ । आज भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ९ विकेटले हराउदै पुलिसले प्रतियोगीतामा पहिलो अंक हात पारेको हो । सुदुरपश्चिमले दिएको १ सय ११ रनको चुनौती पुलिसले १७ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । उसलाई शानदार जित दिलाउन सुनिल धमलाले ५३ र कुशल भुर्तेलले नटआउट ५१ रनको योगदान गरे । सुदुरपश्चिमका हेमन्त धामीले एक विकेट लिए ।
यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको सुदुरपश्चिमको टोली ३३ दशमलव १ ओभरमा १ सय १० रनमा समेटिएको थियो । खडक बोहोराले ४०, सन्जु दमाईले ३५, अरुण ऐरीले १३ तथा अर्जुन साउदले १० रन बनाएको उसको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । उसका ६ ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।
पुलिसका सागर ढकाल र दिपेन्द्रसिंह ऐरीले समान ४ विकेट लिए । सुदुरपश्चिमका २ ब्याट्सम्यान रनआउट भएका थिए । पहिलो खेलमा बाग्मती प्रदेशसंग पराजित भएको पुलिस २ अंकमा समुह बीको तेस्रो स्थानमा छ । सुदुरपश्चिमको भने यो लगातार दोस्रो हार हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?