Logo

सिरी ए फुटबलमा युभेन्टसले नापोलीसंग खेल्दै

ई-खेलकुद २०७७ असोज १८ , आईतबार ०३:१० मा प्रकाशित

एजेन्सी । इटालियन सिरी ए फुटबलमा आज राती ६ खेलका लागि १२ टोली मैदान उत्रदैछन् । आज साविकको विजेता युभेन्टसले आफ्नो तेस्रो खेल नापोलीसंग खेल्नेछ । युभेन्टसको मैदानमा हुने खेल नेपाली समयानुसार राति साडे १२ बजे सुरु हुनेछ ।
नापोलीबिरुद्ध मैदान उत्रदा घरेलु टोली दोस्रो जितको खोजीमा हुनेछ । यसअघि दुई खेल खेलेको युभेन्टसले पहिलो खेलमा साम्पोडोरियासँग ३–० गोलको जित निकालेको थियो भने दोस्रो खेलमा रोमासँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।
नापोली भने समान खेलबाट दुई जितसहित तालिकाको दोस्रो स्थानमा छ । नापोलीले पहिलो खेलमा पार्मालाई २–० ले हराएको थियो । दोस्रो खेलमा उसले जेनोआलाई ६–० गोलको फराकिलो अन्तरले स्तब्ध पारेको थियो । आजका अन्य खेलहरुमा एटलान्टा र काग्लीयारी, बेनेभेन्टो र बोग्लोना, लाजियो र ईन्टरमिलान, पार्मार हेल्लास भेरोना तथा एसी मिलान र स्पेजिया आमने सामने हुनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?