एजेन्सी । ईटालियन सिरि ए फुटबलमा साविक विजेता युभेन्टसले पहिलो हार भोगेको छ । १३ औ चरणको खेलमा १० खेलाडीमा सिमित बनेको युभेन्टस गएराती फियोरेन्टिनासंग ३–० ले पराजित भएको हो । तेस्रो मिनेटमै डुसान भ्लाहोभिकले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । १८ औ मिनेटमा जुवान क्वारड्राडो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय घरेलु टोली १० खेलाडीमा सिमित बन्यो । ७६ औ मिनेटमा उपहार गोल मद्दतमा अग्रता दोब्बर पारेको पाहुना टोलीका लागि ८१ औ मिनेटमा मार्टिन कासेरेसले अर्को गोल थपेका थिए ।
यो जितले फियोरेन्टिनालाई १५ अंकमा तालिकाको १४ औ स्थानमा पुर्याएको छ । सिजनको पहिलो हारसंगै युभेन्टसले तेस्रँे स्थानमा उक्लने मौका गुमाएको छ । १३ खेलबाट २४ अंक सहित युभेन्टस तासलकाको चौथो स्थानमा छ ।
गएराती नै क्रोटोनले पार्मालाई २–१ गोल अन्तरले पराजित गर्यो । जितका बाबजुत क्रोटोन रेलिगेशन क्षेत्रमा यथावत रहेको छ ।