Logo

सिरि ए फुटबलमा युभेन्टसको शानदार जित

ई-खेलकुद २०७७ कात्तिक १७ , सोमबार ०८:११ मा प्रकाशित

एजेन्सी । डिफेण्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरी ए फुटबलमा तेस्रो जित हात पारेको छ । छैटौ चरणको खेलमा गएराती स्पेजियालाई ४–१ को फराकिलो अन्तरले हराउदै युभेन्टस तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

स्पेजियाको मैदानमा युभेन्टसलाई जिताउने क्रिस्टियानो रोनाल्डोले २ तथा अल्भारो मोराता र एड्रियन राबिओटले एक एक गोल गरे । स्पेजियाका टोमासो पोबेगाले एक गोल फर्काए । पहिलो हाफ एक एकको बराबरीमा सकिएको खेलमा युभेन्टसले दोस्रो हाफमा ३ गोल गर्दै जित हात पारेको हो ।

१६ औ मिनेटमा मोराताले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । पोबेगाले ३२ औ मिनेटमा घरेलु टोलीलाई बराबरीमा पुर्याएका थिए । सब्टिच्युड खेलाडीका रुपमा मैदान प्रबेश गरेका रोनाल्डोले ५९ औ मिनेटमा टोलीलाई २–१ को अबस्थामा पुर्याए । ६७ औ मिनेटमा एड्रियनले गोल गर्दै टोलीलाई ३–१ को बलियो अबस्थामा पुर्याएका थिए । ७६ औ मिनेटमा पाएको पेनाल्टिको अपसरलाई रोनाल्डोले जाली चुमाउदै टोलीलाई शानदार जित दिलाए ।
कोरोनाबाट मुक्त भएसंगै रोनाल्डो ३ सातापछि मैदान फर्किएका हुन् । ६ खेलमा १२ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।

गएराती नै लाजियोले टोरिनोलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । अन्य खेलहरुमा सासुउलोले नापोलीलाई तथा रोमाले फियोरेन्टिनालाई समान २–० ले हराए । साम्पडोरिया र जिनोआले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?