Logo

सिरि ए फुटबलमा ईन्टर र लाजियोको जित

ई-खेलकुद २०७७ कात्तिक ९ , आईतबार ०८:१० मा प्रकाशित

एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलका पछिल्ला खेलमा ईन्टर मिलान, लाजियो र साम्पडोरिया विजयी भएका छन् । ईन्टरले जिनोआलाई २–० ले हरायो ।

जिनोआको मैदानमा पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा ईन्टरले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ६४ औं मिनेटमा रोमेरो लुकाकुको गोलमा अग्रता बनाएको ईन्टरका लागि ७९ औं मिनेटमा डानिलोले अर्को गोल गर्दै टोलीलाई सहज जित दिलाएका थिए । ५ खेलबाट ईन्टर १० अंकमा तालिकाको तेस्रो स्थानमा छ ।
गएराती नै लाजियोले बोलोग्नालाई २–१ ले स्तब्ध पार्यो । लुइस अल्बेर्टो र सिरो इमोबाइलले गोल गर्दै टोलीलाई जित दिलाए । बोलोग्नाका लोरेन्जोले सान्तवना गोल फर्काए । ५ खेलबाट ७ अंक जोडेको लाजियो तालिकाको १० औ स्थानमा उक्लिएको छ ।

गएराती नै साम्पडोरियाले एटलान्टालाई ३–१ ले पराजित गर्यो । यो जितले उसलाई शीर्ष ५ मा पुर्याएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?