Logo

सिरि ए फुटबलमा एसी मिलानलाई बोलोग्नाको चुनौती

ई-खेलकुद २०७७ असोज ५ , सोमबार ११:०९ मा प्रकाशित

एजेन्सी । ईटालियन सिरि ए फुटबलमा आज राती एसी मिलान र बोलोग्ना प्रतिस्पर्धा गर्नेछन् । दिनको एक मात्र खेल ईन्टरको मैदानमा नेपाली समयानुसार राती साडे १२ बजे सुरु हुनेछ । दुबै टोली सिजनको सुखद सुरुवातको लक्ष्यमा एक अर्काबिरुद्ध मैदान उत्रनेछन् । पछिल्ला ५ खेलमा अपराजित रहेको एसी मिलान नयाँ सिजनमा पनि त्यसलाई निरन्तरता दिने योजनामा छ ।
बोलोग्नाले पछिल्ला ५ खेलमा २ जित समान बराबरी र एक हारको नतिजा निकालेको थियो । बलियो टोली मिलानबिरुद्धको खेलमा उ पनि आफ्नो लयलाई मजबुद बनाउदै स्पष्ट अंकको खोजीमा रहने छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?