Logo

सिटीलाई शीर्ष स्थानमा १० अंकको अग्रता

ई-खेलकुद २०७७ फागुन ६ , बिहीबार ०७:०२ मा प्रकाशित

एजेन्सी । म्यानचेष्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । २४ औ चरणको खेलमा गएराती एभर्टनलाई ३–१ गोल अन्तरले हराउदै सिटीले उपाधि यात्रा बलियो बनाएको हो ।
एभर्टनको मैदानमा सिटीलाई जिताउन फिल फोडेन, रियाद महरेज र बर्नान्डो सिल्भाले गोल गरे । एभर्टनका रिचार्लिसनले एक गोल फर्काए । ३२ औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७३ औँ मिनेटमा रिचार्लिसनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । ६३औँ मिनेटमा महरेज र ७७औँ मिनेटमा सिल्भाले गोल गरेपछि सिटी सहज जित निकाल्न सफल बन्यो ।
सिटीले २४ खेलबाट ५६ अङ्क बनाएको छ । समान खेलबाट म्यानचेस्टर युनाइटेड ४६ अङ्कमा तालिकाको दोस्रो स्थानमा छ । एभर्टन भने ३७ अङ्कमा तालिकाको सातौँ स्थानमा छ ।
गएराती नै बर्नली र फुल्हयामले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?