Logo

सासुउलोलाई हराउदै ईन्टर मिलान दोस्रो स्थानमा

ई-खेलकुद २०७७ मंसीर १३ , शनिबार ०९:११ मा प्रकाशित

एजेन्सी । ईन्टर मिलान ईटालियन सिरी ए फुटबलको दोस्रोे स्थानमा उक्लिएको छ । नवौ चरणको खेलमा सासुउलोलाई ३–० ले हराउदै ईन्टर दोस्रो स्थानमा उक्लिएको हो । ईन्टरसंग समान १८ अंक भएपनि सासुउलो गोलअन्तरमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ ।
चौथो मिनेटमा एलेक्सीस सान्चेजको गोलमा अग्रता बनाएको ईन्टरले १४ औ मिनेटमा उपहार गोलमा अग्रता दोब्बर पारेको थियो । ६० औ मिनेटमा रोबर्टो गाग्लीयरडीनीले अर्को गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
खेलमा ६५ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको सासुउलोले पाएका अवसर खेर फाल्दा शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?