Logo

साफको उमेर समुहका सबै प्रतियोगीता रद्द

ई-खेलकुद २०७७ असोज ७ , बुधबार ०८:०९ मा प्रकाशित

काठमाण्डौ । दक्षिण एसियाली फुटबल महासंघ साफले सन् २०२० का लागि तय गरेको उमेर समुहका सबै प्रतियोगीता रद्द गरेको छ । कोरोना माहामारीका कारण प्रतियोगीता गर्न असंभव रहेको भन्दै साफले यो बर्ष उमेर समुहका प्रतियोगीता नगर्ने निर्णय लिएको हो । सदस्य राष्ट्रका फुटबल संघसंगको छलफलपछि बसेको भर्चुअल बैठकले पछिल्लो निर्णय गरेको हो ।
साफको निर्णयसंगै सन् २०२० मा हुने भनिएका साफ यू–१५ च्याम्पियनसिप, साफ यू–१५ वुमन्स च्याम्पियनसिप र साफ यू–१८ वुमन्स च्याम्पियनसिप रद्द भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार महासंघले सदस्य राष्ट्रमा कोरोना माहामारीको बढ्दो प्रभावलाई ध्यानमा राखी सबैको एकमतका आधारमा प्रतियोगीता रद्द गर्ने निर्णय लिएको हो । साफले यसअघि महिला र पुरुषका गरी उमेर समुहमा ४ प्रतियोगीता गर्दै आएको थियो ।
माहामारीकै असरका कारण बंगलादेशमा हुने साफ च्याम्पियनसीप पनि यसअघि नै स्थगीत भईसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?