Logo

साकिबले विश्वकपका बाँकी खेल गुमाउने

ई-खेलकुद २०७८ कात्तिक १४ , आईतबार १०:१० मा प्रकाशित

एजेन्सी । बंगलादेशका अलराउण्डर साकिब अल हसनले टी–२० विश्वकपका बाँकी खेल गुमाउने भएका छन् । ह्यामस्ट्रिङको चोटका कारण साकिवले विश्वकपका बाँकी खेल गुमाउने भएका हुन् । सुपर १२ को समुह चरणमा बंगलादेशले २ खेल खेल्न बाँकी छ ।

बलिया टोली साउथ अफ्रिका र अष्ट्रेलियासँगको खेल बाँकी नै रहदा साकिब टोलीबाहिर रहनु परेको हो । योसँगै बंगलादेशमाथि थप दबाव बढेको छ ।
अघिल्ला तीनै खेलमा पराजित भएको बंगलादेश समुह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?