Logo

साउदीले पनि माग्यो नेपालको समर्थन

ई-खेलकुद २०७७ मंसीर २७ , शनिबार ०४:१२ मा प्रकाशित

काठमाण्डौ । सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबी गरेको अर्को मुलुक साउदी अरेबियाले पनि नेपालको समर्थन माग गरेको छ । छिमेकी मुलुक कतारको टोलीले नेपालमै आएर औपचारिक समर्थन खोजेको केहि सातामै साउदी अरेबियाले पनि नेपालको समर्थन खोजेको हो । साउदी अरेबियाका राजदुत मुसाउद अल अरवेले नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसंग भेट गरी आयोजनाको दाबेदारीमा सहयोग गर्न औपचारिक आग्रह गरेको हो ।
ललितपुरको सातादोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालय पुगेर साउदी टोलीले आयोजनामा नेपालको समर्थनसंगै पारस्परिक सहयोग अभिबृद्धिका बिषयमा कुराकानी भएको हो । ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभाले आयोजकको औपचारिक टुंगो लगाउनेछ ।
ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सो साधारण सभामा दुबै मुलुकसंग आपसी सल्लाहमा नेपालले आफ्नो निर्णय गर्ने बताउनुभयो । नेपाली खेलकुद र खेलाडीको हित र स्वार्थलाई मुख्य आधार बनाईने नेपालले एक मुलुकलाई सहयोग गर्ने श्रेष्ठले उल्लेख गर्नुभयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?