Logo

साउथ अफ्रिका भ्रमणका लागि ईङलिश टोलीको घोषणा

ई-खेलकुद २०७७ कात्तिक १९ , बुधबार ११:११ मा प्रकाशित

एजेन्सी । ईङल्याण्डले साउथ अफ्रिका भ्रमणका लागि टोलीको घोषणा गरेको छ । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले वन डे र ट्वान्टी २० सिरिजका लागि १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
इयोन मोर्गनले दुबै फर्मेटको कप्तानी गर्नेछन् । ईङल्याण्डको वन डे टोलीमा मोईन अली, जोनाथन ब्रेष्टो, साम विलिङग्स, जस बटलर, टोम कुरान, लिविस ग्रेगोरी, लियाम लिभिङस्टोन, आदिल रसिद,जोए रुट, जासन रोए र ओल्ली स्टोन रहेका छन् । अन्य सदस्यहरुमा रेस टोप्ले, क्रिस वोग्स र मार्क उड रहेका छन् ।
ट्वान्टी २० टोलीमा बेन स्टोक्स, जोफ्रा आर्चर र साम करणलाई राखिएको छ ।
साउथ अफ्रिका भ्रमणका क्रममा इंग्ल्यान्डले ३ खेलको एकदिवसीय र समान खेलको ट्वान्टी २० सिरिज खेल्नेछ । ट्वान्टी २० सिरिज नोभेम्बर २७ मा सुरु हुनेछ ।
एकदिवसीय सिरिज भने डिसेम्बर ४ मा सुरु हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?