Logo

साउथ अफ्रिकाबिरुद्ध ईङल्याण्डको सहज जित

ई-खेलकुद २०७७ मंसीर १३ , शनिबार ०६:११ मा प्रकाशित

एजेन्सी । साउथ अफ्रिकाबिरुद्धको पहिलो ट्वान्टी २० क्रिकेटमा भ्रमणकारी टोली ईङल्याण्ड विजयी भएको छ । केप टाउनमा गएराती घरेलु टोलीलाई ५ विकेटले हराउदै ईङल्याण्डले ३ म्याचको सिरिजमा १–० को अग्रता बनाएको हो । साउथ अफ्रिकाले प्रस्तुत गरेको १ सय ८० रनको चुनौती ईङल्याण्डले ४ बल अगावै ५ विकेट गुमाएर भेट्टायो । जोनी ब्रेष्टोले अबिजित रहदै ८६ रन बनाउदै ईङल्याण्डको जित निश्चित पारे । बिष्फोटक ब्याटिङ गरेका ब्रेष्टोले ४८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । वेन स्टोक्सले ३७ र डाविड मलानले १९ रनको योगदान गरे । साउथ अफ्रिकाका लुंङगी निग्दी र जर्ज लिण्डेले समान २ तथा ताबरिज साम्सीले एक विकेट लिए ।
यसअघि केप टाउनमा पहिले ब्याटिङमा उत्रिएको घरेलुटोली साउथ अफ्रिकाले ६ विकेट गुमाएर १ सय ७९ रनको उच्च योगफल तयार पारेको थियो । फाफ डुप्लेसीसले ५८ रन बनाएको उसको ईनिङसमा रसी भान डेर दुसेनले ३७ र कप्तान क्विन्टन डि ककले ३० रन बनाए ।
ईङल्याण्डका साम कुरानले ३ तथा जोफ्रा आर्चर, टम कुरान र क्रिस जोर्डनले समान एक विकेट लिए । यी २ राष्ट्रबिचको दोस्रो ट्वान्टी २० क्रिकेट पर्लमा भोली हुनेछ । साउथ अफ्रिका भ्रमणका क्रममा यी दुई राष्ट्रबिच ३ म्याचको ट्वान्टी २० सिरिजसंगै समान खेलको वन डे सिरिज पनि हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?