Logo

सय गोल नै पर्याप्त होईन : क्रिष्टियानो रोनाल्डो

ई-खेलकुद २०७७ भदौ २४ , बुधबार ०३:०९ मा प्रकाशित

एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एक सय गोल नै पर्याप्त नभएको बताएका छन् । राष्ट्रिय जर्सीमा किर्तिमानी १ सय गोल पुरा गरेका रोनाल्डोले त्यो नै पर्याप्त उपलब्धी नभएको बताएका हुन् । स्विडेनबिरुद्धको खेलमा २ गोल गर्दै ऐतिहासिक किर्तिमान कायम गरेका रोनाल्डोले आफ्नो लक्ष्य अलि दाईको किर्तिमान तोड्ने रहेको बताएका हुन् । ईन्टाग्राममा उनले लेखेका छन्–राष्ट्रिय जर्सीमा किर्तिमान बनाउन पाउँदा ज्यादै खुशी छु ।
यूईएफए नेशन्स लिगमा लगातार दोस्रो जित निकाल्ने क्रममा उनकै २ गोल मद्दतमा पाुर्चुगल विजयी बनेको थियो । ३५ वर्षीय रोनाल्डोले राष्ट्रिय जर्सीमा १ सय ६५औं खेलमा सो किर्तिमान बनाएका हुन् । उनी राष्ट्रिय टोलीबाट सर्बाधिक गोल गर्ने खेलाडी ईरानका अली दाईभन्दा ८ गोलले पछि छन् ।
उनको पछिल्लो अभिब्यक्तिले पनि त्यसलाई तोड्ने प्रयासमा रहेको स्पष्ट हुन्छ । रोनाल्डोपछि मुलुकका लागि सर्बाधिक गोल गर्ने खेलाडीका रुपमा भारतका सुनिल क्षेत्री र अर्जेन्टिनाका लियोनल मेस्सी रहेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?