Logo

सन्यासको मनसायमा कोष्टा

ई-खेलकुद २०७७ जेठ १३ , मंगलबार १०:०५ मा प्रकाशित

एजेन्सी । इटालियन क्लब युभेन्टसका ब्राजिलियन स्टार डग्लस कोस्टाले सन्यास लिने मनसाय बनाएको बताएका छन् । २९ बर्षिय मिडफिल्डर कोष्टाले लगातार चोटका कारण मैदानबाट बिदा हुने मनसाय बनाएका हुन् । ईटालियन मिडियासंग कुराकानी गर्दै कोष्टाले चोटकै कारण आफु यो निर्णयमा पुगेको बताएका छन् ।
सन् २०१८ यता युभेन्टसबाट खेलिरहेका कोस्टाले चोटकै कारण जारी सिरी ‘ए’मा १७ खेल गुमाइसकेका छन् ।
अन्र्तवार्ताका क्रममा उनले भनेका छन– प्रत्येक समय मैले चोट बोकेको छु, यसले मलाई धेरै दुःख पुर्याएको छ । मसंग अब सिमित विकल्प मात्र छ । मलाई लाग्छ अब मैले चोटका कारणले नै सन्यास लिनुपर्छ । र त्यो मनसायन जिक पनि म पुगीसकेको छु ।
जर्मन क्लब वार्यन म्युनिखबाट लोनमा युभेन्टस गएका कोष्टा लगातार चोट बोकेपछि बेन्चमा रहदै आएका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?