Logo

सन्दिप र कुशलको वरीयता खस्कियो, अलराउण्डमा दिपेन्द्रको यथावत

ई-खेलकुद २०७९ जेठ २५ , बुधबार ०४:०६ मा प्रकाशित

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी–२० तर्फ नेपाली क्रिकेटरको वरीयता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपालका कप्तान सन्दिप लामिछानेसहित ओपनर कुशल भुर्तेल र ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीको वरीयता तल झरेको हो । सन्दिप बलिङतर्फको वरीयतामा १ स्थान तल झर्दै ३९ औं स्थानमा पुगेका छन् । बलिङमा सन्दिपबाहे नेपालका अबिनाश बोहोरा सूचीमा रहेका छन् । बोहोरा भने सूचीको ८९ औं स्थानमा कायम छन् ।
ब्याटिङतर्फ रहेका कुशल र दिपेन्द्रको वरीयता झरेको हो । कुशल ३८ औं र दिपेन्द्र ४० औं स्थानमा पुगेका छन् । ब्याटिङतर्फ नेपालका ओपनर आसिफ शेख ९९ औं स्थानमा छन् । ब्याटिङतर्फको वरीयता झरेपनि दिपेन्द्र अलराउण्डरतर्फ भने पुरानै स्थानमा यतावत छन् । टेष्ट राष्ट्रका खेलाडीलाई समेत पछि पारेको उनी अलराउण्डरतर्फ शीर्ष १० भित्र अटाएका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?