Logo

सन्दिप आईपीएल खेल्न आज युएई आईपुग्ने

ई-खेलकुद २०७७ भदौ २८ , आईतबार ०८:०९ मा प्रकाशित

काठमाण्डौ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल खेल्न नेपाली लेगस्पिनर सन्दिप लामिछाने आज युएई आईपुग्ने भएका छन् । क्यारेबियन प्रिमियर लिग क्रिकेट सिपिएल खेलेर सन्दिप ट्रिनिडाड एण्ड टोबागोबाट युएई आउन लागेका हुन् । सन्दिपको व्यवस्थापन समेत हेर्दै आएका राष्ट्रिय क्रिकेट टोलीका टेन्निकल एनालिष्ट रमन सिवकोटीका अनुसार उनी आज साँझ युएई आईपुग्नेछन् । युएई सरकारको मापदण्ड अनुसार उनले त्यहा ६ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । पहिलो तेस्रो र छैटौ दिन तीन वटा परिक्षण नेगेटिभ आएमात्र खेलाडीलाई प्रशिक्षणमा पठाईनेछ । कोरोना रिर्पोट नेगेटिभ आए उनी सेप्टेम्बर १८ बाट टोलीको अभ्यासमा सहभागी हुनेछन् । आईपीएलको १३ औ संस्करण सेप्टेम्बर १९ बाट सुरु हुनेछ । सिजनको आफ्नो पहिलो खेलमा सन्दिपआबद्ध दिल्ली क्यापिटल्सले किंग्स एलाभेन पञ्जावसंग खेल्नेछ ।
क्यारेबियन प्रिमियर लिगमा ११ खेलमा उनले १२ विकेट हात पारेका थिए । ५ दशमलब २७ को औषतमा बलिङ गरेका सन्दिप सिपिएलमा सर्बाधिक विकेट लिनेको सुचीमा छैटौ स्थानमा रहेका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?