Logo

सन्दिपलाई कोरोना सक्रमण

ई-खेलकुद २०७७ मंसीर १३ , शनिबार ०७:११ मा प्रकाशित

काठमाण्डौ । नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई कोरोना सक्रमण पुष्टि भएको छ । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बस्ने तयारीमा रहेका सन्दिपले गरेको पछिल्लो पिसिआरमा पोजेटिभ नतिजा आएको हो । उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना सक्रमण पुष्टि भएको जनाएका हुन् । सक्रमण देखिएसंगै उनी सेल्फ आईसोलेशनमा बसेका छन् । बुधबार सामान्य लक्ष्यण देखिएपछि उनले पिसिआर परिक्षण गराएका थिए ।
सन्दिपले आफ्नो स्वास्थ्यमा सुधार हुदै गएको समेत बताएका छन् । अष्ट्रेलियाको बिग बास क्रिकेट लिगका लागि होबर्ट हुरिकेन्समा आबद्ध सन्दिप केहि दिन राष्ट्रिय टोलीको क्याम्पमा बसेर त्यसतर्फ जाने तयारीमा थिए ।
यसअघि राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, ब्याट्सम्यान रोहित कुमार पौडेल र बलर बसन्त रेग्मीलाई कोरोना सक्रमण देखिएको थियो । रोहितको भने रिर्पोट नेगेटिभ आईसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?