Logo

सन्दिपको टोली हुरिकेन्सले आज सिड्नी थण्डरसंग खेल्दै

ई-खेलकुद २०७७ पुस २३ , बिहीबार १०:०१ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियन बिग बास क्रिकेट लिगमा आज दुई खेल हुदैछन् । प्रतियोगीताको ३१ औ खेलमा होबर्ट हुरिकेन्स र सिड्नी थण्डर प्रतिस्पर्धा गर्नेछन् । पर्थमा हुने खेल नेपाली समयानुसार दिउँसो १२ बजेर ५५ मिनेटमा सुरु हुनेछ । तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोलीबिचको प्रतिस्पर्धाले शीर्ष टोली सिड्नी सिक्सर्समाथी दबाब बढ्नेछ ।
हुरिकेन्सले आजको खेलमा पनि नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई मैदान उतार्ने निश्चित छ । पछिल्ला २ खेलमा टोलीको प्लेईङसेटमा स्थान बनाएका सन्दिपमाथी टोलीले आज पनि ठुलो भरोसा गरेको छ ।
आजै हुने अर्को खेलमा ब्रिस्वेन हिट र मेलबर्न स्टार्स प्रतिस्पर्धा गर्नेछन् । यो खेल कारारा ओभलमा अपरान्ह ४ बजे सुरु हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?