Logo

संर्घषपुर्ण जितसंगै लिभरपुल दोस्रो स्थानमा

ई-खेलकुद २०७७ कात्तिक ९ , आईतबार ०७:१० मा प्रकाशित

एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो जित निकालेको छ । छैटौ चरणको खेलमा गएराती सेफिल्ड युनाईटेडलाई २–१ गोल अन्तरले हराउदै लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदान एनफिल्डमा खेलको सुरुवातमै १–० ले पछि परेको अवस्था उल्टाउदै लिभरपुलले जित हात पारेको हो । १३ औं मिनेटमा सानडर बेर्गेले पेनाल्टीमा गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए ।

खेलको ४१ औं मिनेटमा रोबर्टो फिरिमिनोले लिभरपुललाई बराबरीमा पुर्याएका थिए । ६४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुलको जित निश्चित पारे । लिभरपुलको ६ खेलबाट १३ अंक भएको छ । समान खेलबाट सेफिल्ड १ अंकमा पुछारबाट दोस्रो स्थानमा छ ।
गएरातीनै म्यानचेस्टर युनाईटेड र चेल्सीले गोलरहित बराबरीको नतिजा निकाले । ओल्ड ट्राफोर्डमा दुबै टोलीले पाएका अवस गुमाउदा अंक बाँड्न बाध्य भए । बराबरीसँगै युनाईटेडको ६ खेलबाट ८ अंक भएको छ । युनाईटेड तालिकाको ११ औं स्थानमा छ । समान खेलबाट ९ अंक जोडेको चेल्सी तालिकाको छैटौं स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?