Logo

संजोग स्मृती फुटवलको उपाधी रारा धनकुटालाई

ई-खेलकुद २०७७ पुस २५ , शनिबार ०७:०१ मा प्रकाशित

विवेक मिश्र/बेलबारी । मोरङको बेलबारीमा शनिवार सम्पन्न स्व.संजोग स्मृती खुला नकआउट फुटवल प्रतियोगिताको उपाधि रारा फुटवल क्लव राजारानी धनकुटाले जितेको छ । बेलबारी ३ को खेल मैदानमा शनिवार सताक्षी स्पोटिङ क्लव झापा र रारा फुटवल क्लव राजारानी धनकुटा बिच भएको फाईनल खेलको ट्राइबेकरमा धनकुटा बिजयी भएको हो । निर्धारित समयमा दुबै पक्ष बिच कुनैपनि गोल हुन नसकेपछि ट्राइबेकरको बाटो रोज्नुपरेको थियो ।

बेलबारी फुटवल क्लवको आयोजनामा पुष १६ गते देखी सुरु भएको प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया नगद , मेडल र ट्रफि पाएका थिए भने उपविजेता टिमले ३३ हजार ३ सय ३३ रुपैया नगद , मेडल र ट्रफि पाएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?