Logo

श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुवात

ई-खेलकुद २०७८ पुस ८ , बिहीबार ०२:१२ मा प्रकाशित

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टोलीले सुखद सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२ को सेटले हराएको हो । बगलादेशको ढाकामा सुरुवाती २ सेट गुमाएपनि त्यसपछिका तीनै सेटमा जित निकाल्दै नेपाल विजयी भएको हो । सुरुवाती दुई सेट श्रीलंकाले २५–१९ र २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका सेटमा नेपालले २५–१५, २५–१५ र १५–१३ को जित निकाल्यो । यो जितसँगै नेपालले फाइनल प्रबेशको संभावना बलियो बनाएको छ । प्रतियोगीताको दोस्रो खेलमा नेपालले भोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
पुरुषतर्फको खेलमा भने नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दै प्रतियोगीताको सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समयानुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?