Logo

श्रीलंकन पुलिसबिरुद्ध त्रिभुवन आर्मीको शानदार जित

ई-खेलकुद २०७७ चैत्र २५ , बुधबार ०८:०४ मा प्रकाशित

काठमाण्डौ । त्रिभुवन आर्मी क्लब एएफसी कप–२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा श्रीलंकन पुलिस स्पोर्ट्स क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराउदे आर्मीले अघिल्लो चरणमा स्थान बनाएको हो ।
खेलको सुरुवातमै १–० ले पछि परेको आर्मीलाई जिताउन नवयुग श्रेष्ठले २ तथा सन्तोष तामाङ, टंक बहादुर बस्नेत र सुदिल राईले एक एक गोल गरे । श्रीलंका पुलिसका इभान्सले एक गोल फर्काए । खेलमा अग्रता भने २८ औ मिनेटमा ईभान्सको गोलमा पाहुना टोलीले बनाएको थियो । ४१ औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई बराबरीमा पुर्याए । त्यसको २ मिनेट पनि नवयुग श्रेष्ठले गोल गर्दै पहिलो हाफमै आर्मीलाई २–१ को अग्रता दिलाए ।
५० औं मिनेटमा टंकले गोल गरेपछि आर्मी ३–१ को बलियो अवस्थामा पुग्यो । ८३ औं मिनेटमा सुदिलले तथा इन्जुरी समयमा नवयुगले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मी शानदार जित निकाल्न सफल बन्यो । आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल बैशाख १ मा हुनेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । यस प्ले अफको विजेताले समूह चरणको समूह डीमा स्थान बनाउने छन् । समूह ’डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?