Logo

शीर्ष स्थानमा पिएसजीलाई चार अंकको अग्रता

ई-खेलकुद २०७७ मंसीर २१ , आईतबार ०८:१२ मा प्रकाशित

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन पिएसजीले अग्रता थप फराकिलो पारेको छ । आफ्नो १३ औ खेलमा मोन्टपिल्लरलाई ३–१ ले हराउदै पिएसजीले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको हो । पहिलो हाफ एक एकको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा पिएसजीले २ गोल थप्दै जित हात पारेको हो । कोलिन डोग्वा, मोईस किन र केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई सहज जित दिलाए । १३ खेलबाट उसको २८ अंक भएको छ ।
गएराती नै लेन्सले रेन्नेसलाई २–० ले स्तब्ध पार्यो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?