Logo

शीर्ष टोलीमाथी दबाव बढाउदै एट्लेटिको मड्रिड

ई-खेलकुद २०७७ असार १४ , आईतबार ०९:०६ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले शीर्ष टोलीमाथी दबाव बढाएको छ । पछिल्लो खेलमा डिर्पोटिभो अलाभेषलाई २–१ ले हराउदै एट्लेटिकोले रियलसंगको अंक दुरी १० मा झारेको हो ।
एट्लेटिको मड्रिडको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन साउल निगुएज र डिएगो कोस्टाले गोल गरे । अलाभेसका जोसेलुले सान्त्वना गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५९औं मिनेटमा निगुएजले एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई कोष्टाले गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।
इन्ज्युरी समयमा अलाभेसका जोसेलुले सान्त्वना गोल गरे । उनले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अन्तर घटाएका थिए । यो जितले एट्लेटिको मड्रिडलाई तालिकाको तेस्रो स्थानमा बलियो बनाएको छ । ३२ खेलबाट उसको ५८ अंक भएको छ । समान खेलबाट ३५ अंक जोडेको अलाभेष भने तालिकाको १५ औ स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?